Project

प्लास्टिक घर निर्माण तथा प्लास्टिक घर भित्र तरकारी खेति सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम

१.     मिति

२०७२ मङ्सिर २७ देखि पौष १० गते सम्म  

२.     स्थान

 भुपम्पबाट अति प्रभावित ६ जिल्लाहरु (दोलखा, सिन्चुपोपल्चोक, रसुवा, नुवाकोट, गोरखा र धादिङ)   

३.     व्यवस्थापन  

नेपाल थोपा सिंचाई प्रा.ली., काठमाडौँ

४.     आर्थिक सहयोग

 संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठन

५.     समन्वय

 नेपाल सरकार अन्तर्गतको  जिल्ला कृषि विकास कार्यालय

६.     तालिमको उदेश्य

 भूकम्प प्रबवित छेत्र हरुका कृषक हरुलाई प्लास्टिक घर निर्माण र प्लास्टिक घर भित्र आधुनिक प्रविधि बाट तरकारी खेति गर्न सक्षम बनाउने र समुहका अन्य कृषक हरुलाई समेत प्रविधि हस्तान्तरमा सक्षम बनाउने

७.     तालिम सहजकर्ता

डा. बिष्णु चापागाईं, खोजराज कटुवाल , केशव गैरे, रबिन्द्र बिस्ट , तुल्सी पाण्डे, सन्तोष कार्की, संयम मैनाली, बलराम बिस्ट

प्राबिधिक सहयोग : शुदर्शन भण्डारी, दिलिप माझी, प्रमोद रेग्मी

८.     सहभागी

प्रत्येक जिल्लामा; स्थानीय कृषक समुहका प्रतिनिधि -२२, जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि ५, स्थानीय गैर सरकारी संस्थाका प्रतिनिधि ३ गरि जम्मा ३० जना

९.     तालिमको बिषयवस्तु

तालिममा प्लास्टिक घर निर्माण, प्लास्टिक घर भित्र आधुनिक तरकारी खेति गर्ने तरिका, कोकोपिट र नर्सरी ट्रे को प्रयोग बाट आधुनिक नर्सरी व्यवस्थापन, थोपा सिंचाई प्रबिधि लगायत का बिषयमा सैदान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिनुको साथै सहभागी हरुको पूर्ण सहभागितामा प्लास्टिक घर, आधुनिक नर्सरी, तथा बिरुवा सर्ने जग्गाको तयारी गरिएको  

Plastic Construction training
Solar Irrigation System
Drip Irrigation in Agromanang

FAO Training
Manang Project